प्रदेश 2
——–
पछिल्लो समय देशका विभिन्न ठाँउमा बलात्कार र आत्महत्या जस्ता अपराधहरु बढ्दै गएको र कसरी समाधान गर्न सकिन्छ भन्ने बिषयलाई मध्यनजर गर्दै नेपाल युवा संस्था संजाल (आयोन) प्रदेश 2 र विभिन्न संघसंगठनका प्रतिनिधिहरुको उपस्थितिमा प्रदेश सरकारका सामाजिक बिकास मन्त्री लाई माग पत्र बुझाइयो ।
प्रदेश ५
——–
प्रदेश नं ५ आयोनले संयोजक थानेश्वर अधिकारीको नेतृत्वमा सामाजिक विकास मन्त्री सुदर्शन बराललाई ‘बलात्कार र महिला हिंसा’ विरुद्धको माग पत्र बुझाएको छ।
#RaiseAgainstRape #YouthStand #AYON #Province5
कर्णाली प्रदेश
—————
नेपाल युवा संस्था संजाल (आयोन) कर्णाली प्रदेश, यसमा आवद्ध अन्य संस्था र मानवअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपालले देशमा बढिरहेको हिंसा र बलात्कारको घटनाप्रती कर्णाली सरकारको ध्यानाकर्षण गरेको छ । आज कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई हिंसा तथा बलात्कार विरुद्धको मागपत्र बुझाउदै युवा अभियान्ताहरु ।