Resource Center
Join Get in touch Share

मागपत्र - निर्वाचन आयोगक

नेपाल युवा संस्था सञ्जाल (आयोन) ले निर्वाचन आयोगकका निर्वाचन आयुक्त माननीय सुधीर कुमार शाहज्यूलाई निर्वाचन प्रक्रियामा समावेशी सहभागीताका विषयमा मागपत्र बुझाएको छ । लैङ्गीक तथा सामाजिक समावेशीता, बसाइ सराईं, सुशासन, नेतृत्व विकास लगायत अन्य विभिन्न क्षेत्रमा काम गर्ने सघंसस्थामा आवद्ध युवाहरूद्वारा आएको मागलाई बुँदागत गरि आयोनले उक्त मागपत्र बुझाएको हो ।

मागपत्रमा निर्वाचनको दिन मतदाता तथा प्रतिनिधिको रूपमा युवाको सहभागीता सुनिश्चित गरिनू पर्ने, निर्वाचनको दिनमा १८ वर्ष पुगेको नेपाल‌ी नागरिकले पनि मतदान गर्न मिल्नेगरि मतादाता नामावलीमा नाम दर्ता गराउन पाउने नीति बनाउनू पर्ने, निर्वाचनमा यौनिक तथा लैङ्गीक अल्पसङ्ख्यक युवाले पनि उम्मेदवारी तथा मतदान दिन पाउने व्यवस्थाको सुनिश्चितता गरिनू पर्ने, विदेशमा बस्ने नेपाली नागरिकले पनि विद्युतिय माध्यमवाट मातदान गर्न पाउनू पर्ने साथै निर्वाचनमा खटिएका पर्यवेक्षक तथा कर्मचारीले पनि निर्वाचन पुर्व वा पश्चात मतदान गर्न पाउने व्यवस्थाको सुनिश्चितता गरिनू पर्ने लगायतका मागहरू रहेका छन् ।