Media Coverage – Informed Youth : Accountable Parliament (Karnali)
सचेत युवा उत्तरदायी संसद सम्बन्धि कार्यशाला सम्पन्न
सुर्खेत,३ असोज । सचेत युवा उत्तरदायी संसद सम्बन्धि कार्यशाला बिहीवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । युएन डिपिको आर्थिक सहयोग तथा एसोसियसन अफ युथ अर्गनाइजेसन नेपाल (आयोन) को आयोजनामा कर्णाली प्रदेशका पाँच जिल्लाका युवाहरुलाई कार्यशालामा सहभागि गराइएकोे हो । देश संघिय संरचनामा गइसकेपछि युवाहरुका सवालहरुलाई कसरी हेरेको छ, विभिन्न सामाजिक कार्यमा कसरी युवाहरुलाई सहभागि गराइएको छ, सुचनाको हकको प्रयोगको अवस्था,युवा नीति अनुसार काम भएको छ छैन लगायतका बारेमा तिनदिन सम्म छलफल गरिएको थियो । कार्यशालामा सुसान कायम गर्नका लागि युवाहरुको ठुलो भुमीका रहेकोले उनीहरुलाई सचेतनाको अभियान्ताकारुपमा अगाडि बढाउन कार्यशालाले सहयोग पुग्ने आयोनका केवल श्रेष्ठले बताए । सहभागिहरुलाई संसदीय व्यवस्था र अभ्यासका बारेमा सैद्धान्तिक र प्रयोगात्मकरुपमा अवलोकन गराइएको थियो । मंगलबार देखि सुरु भएको कार्यशालामा सुर्खेत, जाजरकोट, दैलेख, डोल्पा, कालिकोटका सहभागिहरुले अब स्थानीय तहमा गएपछि गरिने क्रियाकलापको कार्ययोजना समेत तयार गरेका छन् ।
- ७ आश्विन २०७६, मंगलवार ०९:५५ | मा प्रकाशीत