+(977 1) 4257680 Contact: ayon@ayon.org

बृहत यौनिकता शिक्षा सम्बन्धी सुझाव पत्रमा सरोकारवालाहरुको धारणा

 

नेपाल युवा संस्था सञ्जाल (आयोन)को पहलमा तयार पारिएको बृहत यौनिकता शिक्षा सम्बन्धि सुझावपत्र नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत पाठ्यक्रम विकास केन्द्रलाइ बुझाउने गरी हिजो काठमाण्डौंमा सरोकारवालाहरु विच व्यापक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

उच्च माध्यामिक तह सम्म बृहत यौनिकता शिक्षा अनिवार्य गरिनुपर्ने सुझावपत्र तथा छलफल कार्यक्रमको मुख्य निचोड रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य संसदिय समितिकी सदस्य माननीय मन कुमारी जि.सीले वृहत यौनिकता शिक्षाले युवाहरुको संबेगात्मक र सामाजिक विकास गर्दै उनिहरुलाई सकारात्मक दृष्टिकोण र मान्यता सहितको जीवनोपयोगी सीप हासिल गर्न उचित अवसर प्रदान गर्ने कुरामा आफु विश्वस्त रहेको बताउदै यस प्रकारको ज्ञान पाठ्यक्रममा अनिवार्य राख्न लगाउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

अनुसन्धानकर्ता पूण्य भण्डारीले बृहत यौनिकता शिक्षाको अपरिहार्यता र यसका विविध सवालहरुका बारेमा आफ्नो अनुसन्धान प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । आयोनको सहकार्यमा तयार पारिएको उतm सुझावपत्र केही दिनमै पाठ्यक्रम विकास केन्द्रलाइ बुझाइने छ ।

#AYON #RHRN #CSE

%d bloggers like this: