अपिल अपिल
अपिल अपिल
—————–
केही दिनदेखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानमा परी ठूलो जनधनको क्षति भएको छ । प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै नेपाल युवा संस्था सञ्जाल(आयोन) ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताको खोजी र विस्थापितका लागि तदारुपकताका साथ उद्धार र राहतमा जुट्न तीनै तहका सरकारसँग आग्रह गर्दछ ।
देशले यतिबेला भोगिरहेको राष्ट्रिय विपत्को अवस्थामा सरकारी निकायसँगको समन्वयमा आयोनसँग आवद्ध सबै स्थानीय संघसंस्थाका साथै आमयुवा साथीहरुलाई उद्धार र राहतमा जुट्न आयोन विशेष आग्रह गर्दछ ।