+(977 1) 4257680 Contact: [email protected]

“युवाको दृष्टिमा बजेट र कर्यान्वायन”

 

“युवाको दृष्टिमा बजेट र कर्यान्वायन”

 

२०७६ साल जेष्ठ २१ गते RHRN Nepal को सहयोगमा नेपाल युवा संस्था संजाल (आयोन) द्वारा आयोजित “युवाको दृष्टिमा बजेट र कर्यान्वायन” नामक युवा बहस कार्यक्रम समापन भएको छ। प्रतिनिधि सभा सदस्य माननीय श्री रामकुमारी झाँक्री, माननीय श्री प्रकाश स्नेही रसाइली, राष्ट्रिय योजना आयोगका सदस्य माननीय श्री रामकुमार फुयाल, अर्थ मन्त्रालयका प्रवक्ता श्री उत्तर कुमार कार्की, राष्ट्रिय युवा परिषदकि सदस्य श्री रुपा उप्रेती, युवा अर्थ विश्लेषक एवम् दायित्व अभियानका संस्थापक अध्यक्ष डा. पुकार मल्ल लगायतको आतिथ्यमा चलेको युवा बहस कार्यक्रममा विभिन्न संस्थाका पदाधिकारी सहित ८०+ युवाहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा आयोनका महासचिव श्री निरज बागले बजेटले युवालाइ कसरी हेरेको छ भन्ने विषयमा प्रस्तुतीकरण दिनु भएको थियो भने कार्यक्रमको मुख्य आकर्षण प्यानल छलफल आयोनका वरिष्ठ उपाध्यक्ष श्री तुलसी राम चौलागाईंले सहजीकरण गर्नु भएको थियो।

राष्ट्रिय युवा परिषदकि सदस्य श्री रुपा उप्रेतीले युवाको लागि छुट्याइएको बजेट तथा कार्यक्रममा विभिन्न वक्ताहरुको वक्तव्य प्रती समिक्षा पनि गर्नु भएको थियो।