बारा र पर्साका हावाहुरी पीडितको सहयोगका लागि अनुरोध
आइतबार राति बारा र पर्सा जिल्लाका विभिन्न स्थानमा चलेको हावाहुरीका कारण हालसम्म करिब ३५ जनाको मृत्यु भएको र सयौँको सङ्ख्यामा घाइते भएको खबरप्रति नेपाल युवा संस्था सञ्जाल (आयोन) गहिरो दुःख व्यक्त गर्दछ ।
यो शोकको समयमा आ–आफ्नो तर्फबाट संस्थागत तथा व्यक्तिगत मानवीय सहयोगका लागि युवा संस्था, युवा अभियन्ता, नागरिक समाज लगायत सम्पूर्ण सरोकारवालारूलाई समयमै सहयोग सहित परिचालित हुन हार्दिक अनुरोध गर्दछौँ ।