+(977 1) 4257680 Contact: [email protected]

!!! हार्दिक श्रद्धाञ्जली !!!

 


 

ताप्लेजुङ्गको फुङलिङ नगरपालिका – १० स्थित तारेभीरमा आज भएको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित त्यसमा सवार सबै सातजनाको दुःखद् निधन भएको खबरले हामी नेपाल युवा संस्था सञ्जाल (आयोन) स्तब्ध भएका छौँ । यस संस्था तथा युवाहरूलाई प्रेरणा दिनुहुने दिवंगत मन्त्रीज्यूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ ।
उक्त दुर्घटनामा दिवंगत हुनुभएका नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभोय बजिमय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, यती एयरका अध्यक्ष आङछिरिङ शेर्पा, मन्त्रीज्यूका नीजि अङ्गरक्षक अर्जुनकुमार घिमिरे र क्याप्टेन प्रभाकर केसीका परिवारप्रति पनि हामी हार्दिक समवेदना प्रकट गर्दछौँ ।

युवाहरूलाई प्रेरणा दिनुहुने दिवंगत मन्त्रीज्यूप्रति हार्दिक श्रद्धाञ्जली

%d bloggers like this: