+(977 1) 4257680 Contact: ayon@ayon.org

Press Release – 30/01/2019

 

प्रेस विज्ञप्ति
—————
प्रेस विज्ञप्ति लामो समयदेखि चिकित्सा शिक्षा सुधारको माग राख्दै आउनुभएका प्रा. डा. गोबिन्द के.सी. २२ दिनदेखि अनसनमा हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था नाजुक भइसक्दा समेत जीवन रक्षाका लागि सरकारको ध्यान नगएकोप्रति युवा संस्था सञ्जाल (आयोन) को गम्भीर ध्यानाकर्षण भएको छ । अस्पतालको स्वास्थ्य बुलेटिन अनुसार केसीको छातीमा कडा दुखार्इ, निद्रामा समस्या,सास फेर्न असजिलो भएको र उनले कमजोरी अनुभव गरिरहेको उल्लेख छ । मुटुको चाल कम र हराइरहेकोदेखिएको तथा रक्तचापस्थिर भएकाले उहाँलाई अतिरिक्त अक्सिजन दिएर राखिएको चिकित्सकले जनाएका छन् ।

केसीको अनसन र असहमतिकाबीच सरकारले प्रतिनिधि सभाको बैठकबाट पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा बिधेयक राष्ट्रिय सभामा पेश भएको भएपनि पारित हुन बाँकी छ । अनसनकाबीच बिधेयक पारित गर्नुको सट्टा सम्वादका माध्यमले निकास खोज्न हामी सरकारसंग जोडदार माग गर्दछौ । सत्याग्रही केसीसंग यसअघि सरकारले गरेको सम्झौतालार्इ मनन् गरी उहाँको स्वास्थ्य जोखिमप्रति संवेदनशील बन्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौ । मानवअधिकार सम्बन्धी अन्तराष्ट्रिय मान्यता, नागरिकको बाच्न पाउने संबैधानिक अधिकारप्रति जिम्मेवार हुँदै केसीको जीवन रक्षाका लागि पहल गर्न हामी सरकारसंग जोडदार माग गर्दछौ।

जगदीश ऐर
अध्यक्ष

https://gaunsahar.com/news-details/15006/2019-01-30

https://www.maipokharinews.com/2019/01/pb.html

%d bloggers like this: