”Accountability Dialogue on Role of Local Elected Bodies and Youths in Disaster Risk Management” – Surkhet
” Accountability Dialogue on Role of Local Elected Bodies and Youths in Disaster Risk Management” – Surkhet | ||
---|---|---|
Place | : Birendranagar, Surkhet | |
Date | : 30th August 2018 |
नेपाल युवा संस्था सञ्जाल (आयोन)ले कर्णाली प्रदेशमा विपद् जोखिम व्यवस्थापनका नीति र कार्यान्वयन विषयमा सरोकारवालाहरुसँग उत्तरदायित्व संवाद आयोजना गरेको छ । आयोन र मानबअधिकार तथा ग्रामीण वातावरण संरक्षण केन्द्र (हुरेक) नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको उक्त संवाद कार्यक्रममा सहभागीहरुले जनप्रतिनिधिलाई विपद व्यवस्थापनको नीति के छ ? भन्ने प्रश्न गरेका थिए ।
कर्णाली प्रदेशका विभिन्न चुनौतिहरुमध्य विपद् व्यवस्थापन पनि एक रहेको युवाहरुको ठहर थियो ।
कार्यक्रममा सुर्खेतको बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले तथा चिङ्गाड गाउँपालिकाका अध्यक्ष देवबहादुर चन्द र वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेल समेतले युवाका सवालको जवाफ दिए ।
पौडेलले वीरेन्द्रनगर नगरपालीकाको हरेक योजनाबाट प्रकोप व्यवस्थापनका लागि ५ प्रतिशत बजेट खर्च गर्ने योजना रहेको सुनाए ।