+(977 1) 4257680 Contact: ayon@ayon.org

” Accountability Dialogue on Anti – Corruption and Disaster Management” – Udayapur

 
” Accountability Dialogue – Udayapur”
“Anti – Corruption and Disaster Management”
Place : Hotel Karobah, Udayapur
Date : 25 March 2018

मेडिको ईन्टरनेशनल को सहयोग तथा डिफान उदयपुर, वोरेक उदयपुर र जिल्ला युवा संजाल उदयपुरको सहकार्य र नेपाल युवा संस्था संजाल (आयोन) को आयोजनामा “Accountability Dialogue on Anti- Corruption and Disaster Management ” विषयक एक दिने संवाद कार्यक्रम सम्पन्न भएको छ।

गाईघाट को होटल कोहबरमा सम्पन्न भएको उक्त कार्यक्रममा त्रीयुगा नगरपालिका, बेलका नगरपालिका र राैतामाई गाउपालिका भित्र विभिन्न क्षेत्रमा कृयाशिल ६० जना युवाहरुको सहभागिता रहेको थियो ।

संवाद कार्यक्रम मा प्यानलिस्टका रूपमा बेलका नगर प्रमुख दुर्गा कुमार थापा, त्रियुगा नगर उप-प्रमुख देबि कुमारि चौधरि, यसै नगरका बडा नं ११ बिश्वराज भट्टराई, रौतमाई गाउपालिका प्रतिनिधि बडा अध्यक्ष खबिन्र्द राष्कोटि र युवा अभियान्ता राम बस्नेत रहेका थिए ।
यसैगरी कार्यक्रममा जिल्लाका सामाजिकक्षेत्रका अगुवा, पत्रकार र युवा अभियान्ताहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बिपद्का बेला हुन सक्ने भष्टचारका बारेमा जानकारी गराउदै यस्लाई न्युनिकरण गर्नका लागि खेल्नुपर्ने भुमिकाको बारेमा चर्चा गरिएको थिया साथै युवाहरूको अवसर, समस्या र आगामि कार्यदिशाका बारेमा समेत संबाद गरेको छ । युवा सम्बन्धि विभिन्न नितिगत कुराहरूको बारेमा, बजेट बिनियोजनका बारेमा सहभागी युवाहरुले राखेका विविध जिज्ञासा माथी प्रस्ट्याउदै प्यानलिष्ट बक्ताहरूले आ-आफ्नो स्थानीय तहलाई युवामैत्रि बाउको लागि प्रतिबद्ध भएकने बताए ।

%d bloggers like this: