“युवा सभासद सम्मान कार्यक्रम”
“युवा सभासद सम्मान कार्यक्रम”
—– ++ —– ++ —– ++ —–
युवा संस्था सञ्जाल (आयोन)ले गाजा युवा क्लब र जिल्ला युवा समिति बाग्लुङसँगको सहकार्यमा फाल्गुन १३ गते बाग्लुङमा युवा सभासद सम्मान एवम् युवाका सवालमा युवा सभासदसँग छलफल तथा संवाद कार्यक्रम आयोजना गरेको छ ।
उक्त कार्यक्रममा युवाका सवालहरूमा छलफल साथै प्रदेश तहमा युवाका नीति कस्तो बन्ने र युवालाई आत्मनिर्भर बनाउन स्थानीय सरकारले के कस्ता प्रावधान अवलम्बन गर्ने भन्ने विषयमा युवामैत्री संवाद भएको छ ।
कार्यक्रममा प्रदेश नम्बर ४, पर्वत जिल्लाका प्रतिनिधि सभा सदस्य माननीय युवा सभासद श्री पदम गिरी (नेकपा एमले), म्याग्दी जिल्लाका प्रदेश सभा सदस्य माननीय श्री विनोद केसी (नेकपा माओवादी केन्द्र), बाग्लुङ जिल्लाका प्रदेश सभा सदस्यहरू (समानुपातिक) माननीय श्री सावित्रा राणा (नेकपा एमाले), माननीय श्री पियारी थापा (राष्ट्रिय जनमोर्चा) र माननीय श्री दीलमाया रोका मगर गौतम (नेकपा माओवाादी केन्द्र) लाई सम्मान पत्र वितरण गरिएको छ ।