National Youth Assembly 2016: Media Advisory (Nepali)
![]() |
![]() |
![]() |
![]() |
Release No. 01 / May – 2016 / AYON
मिडिया एड्भाइजरी
१३ जेष्ठ २०७३ (बिहीबार)
राष्ट्रिय युवा सम्मेलन २०७३ बारे
नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को साझेदारीमा नेपाल युवा संस्था संजाल (आयोन) तथा सर्च फर कमन ग्राउण्ड नेपालले १४ जेष्ठ २०७३ शुक्रबार राष्ट्रिय युवा सम्मेलन आयोजना गर्दै छ । यस सम्मेलनमा नेपालका विभिन्न जिल्लाहरूबाट ५०० भन्दा बढी युवाहरू संविधान जारी भएपछिको राजनीतिक सङ्क्रमण, शान्ति, पुनर्निमाण तथा युवा र विकाससम्बन्धी अन्य मुद्दाहरूमा छलफल गर्दै छन् ।
युवा संलग्नता परियोजना दुई वर्षअघि नेपालका मध्य र पूर्वी तराईका आठवटा जिल्लाबाट युवाहरूलाई सहभागी गराई सुरु भएको थियो । शान्ति, स्थायित्व र जवाफदेहितामा युवाहरूको सकारात्मक भूमिकालाई प्रवर्द्धन गर्न यस परियोजनकै क्रममा तयार गरिएका कार्य योजनालाई कार्यान्वयन गर्न राष्ट्रिय युवा सम्मेलन २०७३ आयोजना गरिँदै छ ।
यस परियोजना युरोपियन युनियनको सहयोगमा सर्च फर कमन ग्राउण्डसँग साझेदारीमा तथा युवा अभियान, समग्र जनउत्थान केन्द्र र नयाँ संसारसँगको सहकार्यमा सञ्चालन गरिएको थियो । यस परियोजनाको उद्देश्य शान्ति स्थापना तथा विकासमा युवाहरूलाई सहभागी गराउनु हो । मोरङ्ग, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही र रौतहत गरी आठ जिल्लाका वर्तमान अवस्था पहिचान गरी कार्य योजनाहरू तथा योजना कार्यान्वयनका लागि सम्भाव्य साझेदारहरू तयार गरिएको थियो ।
राष्ट्रिय युवा सम्मेलन यसरी जिल्ला कार्ययोजना २०७३ प्रवाह गर्न र परियोजना क्षेत्रका स्थानीय युवाहरूसँगको छलफलमा आधारित सङ्कलनलाई मञ्च दिने तथा सोही बारे घोषणापत्र जारी गर्ने योजना रहेको छ ।
राष्ट्रिय युवा सम्मेलन — प्रथम दिन
मिति — १३ जेठ २०७३ बिहीबार
समय — ९ः०० देखि साँझ ५ः०० सम्म
स्थान — डिरेक्सनल एक्जिभिसन एण्ड कन्भेसन सेन्टर (डीइसीसी हल), त्रिपुरेश्वर, काठमाडाैँ ।
राष्ट्रिय युवा सम्मेलन — दोस्रो दिन
मिति — १४ जेठ २०७३ शुक्रबार
समय — ९ः०० देखि साँझ ५ः०० सम्म
स्थान — नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज), जावलाखेल, ललितपुर ।
हामी सबै मिडिया संस्थाहरूलाई यस कार्यक्रममा समाचार, फोटो तथा भिडियो सङ्कलनका लागि आमन्त्रण गर्दछौँ । कार्यक्रमबारे कुनै जिज्ञासा भएमा हामी कार्यालय समयमा ०१ ५०१११२२ मा सम्पर्कमा रहनेछौँ ।
ब्रबिम कुमार के.सी.
अध्यक्ष