राष्ट्रिय युवा सम्मेलनको निम्तो । १४ जेठ २०७३, स्टाफ कलेज, जावलाखेल
राष्ट्रिय युवा सम्मेलनको निम्तो ।
आदरणिय पत्रकार मित्रहरु,
निम्तोः नेपाल युवा संस्था संजाल (आयोन), युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् र सर्च फर कमन ग्राउण्डको संयुक्त आयोजनमा हुन गैइरहेको राष्ट्रिय युवा सम्मेलनमा यहाँको उपस्थितीकोलागि हार्दिक निम्तो ।
सो कार्यक्रममा नेपाल भरिका ७५ जिल्लाबाट करिब ५०० युवाको उपस्थिती रहनेछ ।
कार्यक्रमको समुद्घाटन मा. युवा तथा खेलकुद मन्त्रिले गर्नुहुनेछ, जसमा संयुक्त राष्ट्रसंघिय विकास नियोग ( युएन डि पि) का राष्ट्रिय निर्देशक, मानव अधिकार आयोगका आयुक्त, राष्ट्रिय योजना आयोगका सदस्य लगाएतको संबोधन रहनेछ भने संविधान जारि भए पश्चातको संक्रमण, पुनर्निमाण जस्ता विषयमा प्लेनरी छलफल हुनेछ । यसैगरि युवा र उद्यमशिलता, दिगो वातावरण, युवा नेतृत्व, युवा महिलाको नेतृत्व, युवा र स्वास्थय लगाएतका विषयमा प्यारालल छलफल हुनेछ । अन्तमा युवा घोषणापत्र २०७३ जारी गरि कार्यक्रमको समपान हुनेछ ।
कार्यक्रम विवरण
१४ जेठ २०७३, स्टाफ कलेज, जावलाखेल
९ देखी १० बजे ः उद्घाटन सत्र र सम्बोधन
१० देखी ११ः३०ः संविधान जारी भएपश्चातको संक्रमण प्यानल छलफल
वक्ताहरुः इन्दु तुलाधर, सपना मल्ल प्रधान, डा. भाष्कर गौतम, डा. सुरेन्द्र भण्डारी, डा. विमल लाभ
११ः ३० देखी १ बजेः पुनर्निमाण र जवाफदेहितामा युवा
वक्ताहरुः डा. सविन लिम्बु, र्सिजु प्रधान, अखिलेश उपाध्याय (आमन्त्रित), बालकृष्ण कट्टेल
२ः०० देखी ४ बजेः ७ वटा विषयमा प्यारालल छलफल
४ः०० देखी ५ बजेः घोषणापत्र वाचन र प्रतिवद्धता
वक्ताहरुः रमेश लेखक, रबिन्द्र अधिकारी, अनिता परियार
५ः०० देखी ७ बजेः युथ फेस्ट
थप जानकारीको लागी
आभाषः ९८५१०४९५३४
ब्रबिमः ९८५१११३९६९