+(977 1) 4257680 Contact: [email protected]

5th Youth Dialogue Series: Regulating Migrant Workers’ Recruitment

 

फ्रि भिसा, फ्रि टिकटबारे युवाहरूबीच छलफल

1 - Event Poster

नेपाली कामदारहरूलार्इ विदेशमा काम गर्न जानका लागि निःशुल्क प्रवेशाज्ञा र निःशुल्क हवार्इ खर्च (फ्रि भिसा, फ्रि टिकट)को प्रभावकारी कार्यान्वयनको माग उठ्दै गरेको क्रममा नेपाल युवा संस्था सञ्जाल (आयोन) ले १७ मार्च २०१६ का दिन तदनुसार ५ वैशाख २०७३, आइतबार यसै सम्बन्धी युवाहरूबीच छलफल गरेको छ ।

आयोनको पाँचौँ युवा संवाद शृङ्खला :  वैदेशिक रोजगारको भर्ती नियमन (5th Youth Dialogue Series: Regulating Migrant Workers’ Recruitment) मा सुरक्षित आप्रवाशनका लागि राष्ट्रिय सञ्जालका उपाध्यक्ष सोम प्रसाद लामिछानेले “वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूको भर्ती प्रक्रिया (सन्दर्भ : फ्रि भिसा, फ्रि टिकटको प्रभावकारी कार्यान्वयन)” विषयमा प्रस्तुति दिनुभएको थियो ।

वैदेशिक रोजगारका लागि जाने कामदारलार्इ शून्य शुल्क लाग्ने अन्तर्राष्ट्रिय मान्यता भए तापनि म्यानपावर कम्पनीहरूले तथा स्थानीय एजेन्टहरूले पनि ठगी गरी महँगो शुल्क उठाउने गरेको, किर्ते गरी पठाउने गरेको लगायत मानव बेचविखन र ओसारपसार समेत गरेका घटनाहरू प्रशस्तै छन् । आप्रवासी कामदारको र उनीहरूका परिवारको अधिकार संरक्षण सम्बन्धी महासन्धि १९९०, निजी रोजगारदाता संस्था सम्बन्धी आइ.एल.ओ. १८१ लगायत ढाका सिद्धान्त आदिमा यसबारे स्पष्ट व्याख्या छ । नेपाल सरकार, श्रम तथा रोजगार मन्त्रालयले पनि २०७२ असार २१ गते खाडी मुलुकका छ राष्ट्र र मलेशियामा वैदेशिक रोजगारका लागि जाने नेपाली कामदारहरूका लागि फ्रि भिसा, फ्रि टिकटको निर्णय गरिसकेको छ । वैदेशिक रोजगारका लागि जाने कामदारहरूको हकहितका निम्ति यो महत्त्वपूर्ण निर्णय हो ।

तर प्रभावकारी कार्यान्वयनका अभावमा तथा सही सूचना सम्प्रेषण प्रणालीको अभावमा यो अझै पूर्ण रूपमा लागू हुन सकेको छैन । यस कारण अझै थुप्रै वैदेशिक रोजगारीमा जाने कामदारहरू आफ्नो अधिकारबाट वञ्चित छन् ।

यस मुद्दालार्इ लिएर सुरक्षित आप्रवाशनका लागि राष्ट्रिय सञ्जालले अभियान थालेको छ । यस अन्तर्गत सो सञ्जालले शून्य शुल्क कार्यान्वयन, वैदेशिक रोजगार ऐनमा शून्य शुल्क समेटिने गरी संशोधन, अनुगमन तथा न्याय प्रणालीको छुट्टाछुट्टै संयन्त्र, उजुरी प्रक्रियामा सुधार तथा यथाशीघ्र श्रम सम्झौता नवीकरण आदि माग अघि सारेको छ । यस क्रममा आयोनले पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यसअघि आयोनले २०७२ चैत्र २९ गते एक प्रेस विज्ञप्ति जारी गरी फ्रि भिसा, फ्रि टिकटको प्रभावकारी कार्यान्वयन गर्न र सो निर्णयबाट पछि नहट्न लगायत नेपाल तथा विदेशी भूमिमा हुने नेपाली युवा कामदारहरूको मानव अधिकार उल्लङ्घनका घटना हुन नदिन सक्रिय भूमिका खेल्न सरकारलार्इ आह्वान गरेको थियो । यससँगै आयोनले उक्त अभियानमा सक्रिय सबै सङ्घ-संस्थासँग ऐक्यबद्धता जनाउने घोषणा गरिसकेको छ ।

13 - Group photo

A special discussion series on the issue of regulating migrant workers’ recruitment in the backdrop of the rising issue of ineffective monitoring of Free Visa, Free Ticket (FVFT) issue.

The outcome of the program a collobartive approach with Surakshit Aaprabashan ko lagi Rastriya Sanjal (National Network for Safe MIgration, NNSM) in the future.

We sincerely express our gratitude to Som Prasad Lamichhane, Vice-Chair of the Network for his informative presentation.

For more photos, click here. Photos By: Jai Shah / AYON

%d bloggers like this: