+(977 1) 4257680 Contact: [email protected]

फ्रि भिषा फ्रि टिकट कार्यान्वयन सम्बन्धमा आयोनको प्रेस विज्ञप्ती

 

View on PDF

प्रेस विज्ञप्ति

 

नेपाली कामदारहरूलाई विदेशमा काम गर्न जानका लागि निःशुल्क प्रवेशाज्ञा र निःशुल्क हवाइ खर्च “फ्री भिसा, फ्री टिकट”को प्रभावकारी रूपमा कार्यान्वयन नभएको र झन् यो निर्णय उल्टिन सक्ने चलखेलसम्बन्धी समाचारप्रति हामी नेपाल युवा संस्था संजाल आयोनको गम्भीर ध्यानाकर्षण भएको छ । विदेशमा पसिना बगाएर नेपालमा रेमिट्यान्सको रूपमा देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा योगदान पु¥याउने नेपाली युवाको हकहित, सुविधा र मानव अधिकारको लागि नेपाल सरकार गम्भीर हुनु आवश्यक छ ।

नेपाल सरकारले मिति २०७२ आषाढ २१ गतेदेखि लागू हुने गरी खाडी मुलकका छ राष्ट्र र मलेशियामा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरूका लागि “फ्री भिसा, फ्री टिकट”को निर्णय गरेको थियो । यसअनुसार आप्रवासी कामदार माग गर्ने रोजगारदाता÷मागकर्ता आपैmले नै सो खर्च व्यहोर्दछ । आप्रवासन सम्बन्धी अन्तर्राष्ट्रिय कानून र नेपालले विविध अन्तर्राष्ट्रिय मञ्चमा जनाएको प्रतिबद्धता अनुसार पनि यसरी वैदेशिक रोजगारीमा जाने कुनै पनि कामदारसँग कुन पनि नाममा पैसा लिन पाइँदैन ।

तर प्रभावकारी अनुगमन नहुँदा विभिन्न बहानामा कामदारहरूसँग विभिन्न नाममा वा शीर्षकमा पैसा उठाइने प्रवृत्ति अद्यापि छ ।

यसै सम्बन्धमा एम्नेस्टी इन्टरनेसनलको एक प्रतिवेदनले कतारमा आगामी सन् २०२२ मा हुने फुटबल विश्वकपका लागि खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा काममा लगाइएका १०० जना विदेशी (नेपाली समेत) कामदारहरूको राहदानी जफत गर्ने, तलब ढिलो गरी दिने र डरधम्की देखाई काम लगाउने जस्ता अमानवीय कार्यहरू उल्लेख गरेको छ । यसरी विदेशमा रहेका नेपाली कामदारहरूलाई न्यूनतम सुविधा समेत नदिइएका र जोखिमपूर्ण काममा लगाइएका समाचारहरू पनि आएका छन्, यस अघि पनि पुर्वाधार र्निमाणको क्रममा करिब ३०० नेपाली युवाले ज्यान गुमाएको खबर अन्र्तराष्ट्रिय संचार माध्ययमा आएको थियो ।

यसैले थप जटिल परिस्थिति निम्त्याउनु अघि नै नेपाल सरकार यसबारे गम्भीर भई उचित कदम चलाउनु जरुरी भइसकेको छ । तसर्थ यी मुद्दाहरूलाई सम्बोधन गर्नका निम्ति नेपाल सरकारको यथाशीघ्र ध्यानाकर्षण सहित निम्न कदमहरू चाल्न आह्वान गर्दछौँ —

१) फ्री भिसा, फ्री टिकट”को प्रभावकारी रूपमा कार्यान्वयन गर्न र यो निर्णयबाट पछि नहट्न

२) नेपाल तथा विदेशी भूमिमा हुने नेपाली युवा र कामदारहरूको मानव अधिकार उल्लङ्घनका घटनाहरू हुन नदिन यथोचित कदम चाल्न ।

यससम्बन्धी अभियानमा सक्रिय सबै सङ्घसंस्थासँग ऐक्यबद्धता जनाउँदै भविष्यमा पनि यी मुद्दाहरूमा हाम्रो अभियान जारी रहने जानकारी गराउँछौं ।

ब्रबिम कुमार केसी

अध्यक्ष

%d bloggers like this: