युवा मैत्री फुटबल सम्पन्न
12 September, 2009
ललितपुर-२७ भदौ, नेपाल युवा संस्था सञ्जाल -आयोन) ले आयोजना गरेको युवा मैत्री फुटबल शनिवार सम्पन्न भएको छ । सातदोबाटोस्थित एन्फाको खेल मैदानमा संचालन भएको उक्त कार्यक्रमको उद्घाटन संविधान सभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीले गर्नु भएको थियो भने समापन युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले गर्नु भएको थियो ।
फुटबलको उद्घाटन गर्दै संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुबेदीले नयाँ संविधानमा युवाका आवाजहरु समेटिनु पर्ने बताउनु भयो । नेपाल युवा संस्था संजालले 'युवा आवाजः गाउँदेखि संविधानसभा सम्म' अभियान अन्तर्गत देशभरका विभिन्न जिल्लामा गएर प्रत्यक्ष रुपमा परामर्श गरी आएका सुझावलाई उहाँले ग्रहण गर्नुभएको थियो । सुझाव ग्रहण गर्दै उहाँले राष्ट्र निर्माणमा युवाहको महत्वपूर्ण सहभागिता र भूमिका हुने बताउनु भयो ।
संविधान निर्माण गरेर जारी गर्न सकिने भएपनि निर्माण कार्य कठिन भएको युवा तथा खेलकुद मन्त्री गणेश नेपालीले बताउनुभएको छ । युवा मैत्री फुटबल प्रतियोगिताका विजयी खेलाडीहरुलाई ट्रफी तथा पदक वितरण गर्दै उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हो ।
संविधान निर्माणका लागि युवा दबाब समूहले टाईब्रेकरमा नेपाल युथ फेडेरेशनलाई १ गोलले पछि पारेको थियो । निर्धारित ३० मिनेटको समयमा दुबैतर्फका खेलाडीले १/१ गोल गरेपछि ५/५ सुट गोल हान्ने अवसर दिईएको थियो । यसमा पनि बराबर भएपछि रेफ्रीले पुनः १/१ गोल हान्ने अवस दिएका थिए । यो अवसरमा दबाव समूहले गोल हानेको थियो ।
१२ समूहको सहभागिता रहेको यो प्रतियोगिता सञ्चालन गर्नुको मूल उद्देश्य युवा संघ संस्थाहरु बीच सहकार्य र सहमति जुटाउनु साथै मित्रतालाई प्रगाढ बनाउनु र संविधान निर्माणका लागि दबाब दिन युवाहरु एकत्रित हुनु रहेको कार्यक्रमका संयोजक रुख गुरुङले जानकारी दिनुभयो ।
प्रतियोगिताका तीन खेलमा सहभागी जितका लागि युवा अभियानका समीर नकर्मीले सर्वाधिक ७ गोल हान्नुभएको थियो । उहाँले डबल ह्याट्रिक गर्नुभएको आयोजकले बताएको छ । त्यसैगरी सबैभन्दा राम्रो खेल्ने अजय केसी र उत्कृष्ट गोल रक्षकको रुपमा ब्रबिम कुमार केसीलाई पदक दिईएको थियो ।
प्रतियोगितामा आयोजक एक टीम, युवा सञ्चारकर्मीको एक टीम, युवा संघसंस्थाका प्रतिनिधि सामेल सात टीम, युवा मन्त्रालयको एक टीम, अन्तर राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधि सामेल दुई टीम सहभागी रहेको कुरा आयोनका अध्यक्ष कबिन्द्र बुर्लाकोटीले जानकारी दिनुभएको छ ।
In the News
- जेठ १४ मै संविधानको घोषणा गर्नको लागि संयुक्त नागरिक खबरदारी
- Documentation, Presentation and Knowledge Management Training
- Strategic Location Meeting Held in Pokhara
- International Youth day 2009 Celebrated
- चौथो वार्षिक साधारणसभा २०६६ सम्पन्न
- दोश्रो राष्ट्रिय राष्टिय युवा सम्मेलन सम्पन्न
- Regional Youth Summit in Chitawan
- संविधान निर्माणमा जुट्न युवाहरूको आग्रह




