संविधान निर्माणमा जुट्न युवाहरूको आग्रह

19 May, 2009

 
काठमाडौं। जेठ ५ गते  
विभिन्न युवा संस्थाका युवा प्रतिनिधिहरूले राजनीतिक सहमति गरी देशको निकास खोज्न र समयमै संविधान निर्माण गर्न आग्रह गरेका छन्। नेपाल युवा संस्था सञ्जाल (आयोन) र सञ्जालसँग आबद्ध संस्थाका युवाहरूको प्रतिनिधिहरूले ०६६ जेठ ५ गते संयुक्त रुपमा नेपाली काँग्रेसका कार्यबहाक सदस्य शुशिल कोइरालाई भेटी सो आग्रह गरेका हुन्।
 
युवा प्रतिनिधिहरूले युवाहरूको तर्फबाट तयार पारिएको सार्वजनिक अपिल कार्यबाहक उपसभापति कोइरालाई हस्तान्तरण गर्दै हस्तान्तरण गर्दै विभिन्न राजनीतिक दलबीच देखिएको असमझदारीलाई सहमतिमा ल्याई देशमा देखिएको भय तथा त्रास युक्त वातावरणको अन्त्य गरी संविधान निर्माण प्रक्रियामा अघी बढ्न आग्रह गरे। उनीहरूले राष्ट्रिय निर्माणमा युवाहरूको महत्वपूर्ण भूमिका रहँदै आएकाले यस्तो विषम परिस्थितिमा युवाको आवाज राजनीतिक दलले सुन्नुपर्ने उल्लेख गरे।
 
युवाहरूको अपिल बुझ्दै कोइरालाले एकीकृत नेकपा माओवादीले विस्तृत शान्ति सम्झौता पालना नगरेको बताए। आन्दोलनबाट प्राप्त भएको अभूतपूर्व उपलब्धीलाई जोगाउनको लागि युवाले महत्वपूण भूमिका खेल्न सक्ने भन्दै उनले लोकतन्त्रप्रति कुनै युवा प्रतिबद्ध छ भने त्यसलाई जोगाउन उसको भूमिका महत्वपूर्ण हुने उनले बताए। वर्तमान परिस्थितीमा युवा शक्ति एक हुनुपर्ने भन्दै कोइरालाले नेपालमा कल्पना नगरेको उपलब्धी भएको अवस्थामा त्यसलाई जोगाउन गाह्रो भएको उल्लेख गरे।
 
ज्ञापनपत्र बुझाउन गएका युवाहरूलाई कोइरालाले काँग्रेस व्यक्तिगत स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानवअधिकारप्रति प्रतिबद्ध रहेको बताए। उनले नेपाली काँग्रेस लोकतन्त्रको लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको उल्लेख गरे।
 
युवाहरूद्वारा बुझाइएको ज्ञापनपत्रमा पछिल्ला राजनीतिक घटनाक्रमले जनआन्दोलनमार्फत जनताको बलिदान, त्याग र संघर्षबाट प्राप्त लोकतन्त्र र सार्वभौमिकता संकट परेको उल्लेख छ। राजनीतिक दलहरू संविधान निर्माण प्रकृयालाई थाती राखेर सत्ता समिकरणमा अल्भि्कएका कारण संविधान निर्माण प्रक्रिया ओझेलमा परेको समेत ज्ञपानपत्रमा उल्लेख गरिएको छ।  

-गोपीकृष्ण भट्टराई

National Youth Leaders' Forum

Date: 16-18 April, 2010
Time: 10:00 hrs to 17:00 hrs
Venue: Staff College, Jawalakhel, Lalitpur



Latest News

जेठ १४ मै संविधानको घोषणा गर्नको लागि संयुक्त नागरिक खबरदारी

19 March, 2010

आगामी २०६७ जेठ १४ गते हुने भनिएको नयाँ संविधान घोषणाको मिति नजिकिंदै जाँदा मुलुक झन् झन् अन्योलग्रस्त बन्दै गइरहेको परिस्थितिलाई खबरदारी गर्ने आज विभिन्न नागरिक संगठनहरु र संघ सस्ंथाको आयोजनामा एक बृहत नागरिक खबरदारी र्‍यालिको आयोजना गरियो ।

[More Details] [See all News]

Association of Youth Organizations Nepal, AYON
G.P.O.Box 24871,
63, Kali Marg, Kathmandu
Nepal

Tel: (977) 01 620 77 58
Fax: (977 1) 411 59 33

View Member Organizations
Become a Member