+(977 1) 4257680 Contact: ayon@ayon.org

प्रेस विज्ञप्ति – कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा हावा र हुरी

 


 

बिहिबार साँझ कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा चलेको हावा र हुरीका कारण हालसम्म २ जनाको मृत्यु र २०० भन्दा बढी घाइते भएकाका खबरप्राप्ती नेपाल युवा संस्था सञ्जाल (आयोन) गहिरो दुःख व्यक्त गर्दछ ।

हावाहुरीमा ज्यान गुमाउनेप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै मृतक परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौं साथै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरुको प्रभाकारी उपचारका लागि नेपाल सरकार समक्ष हार्दिक अपिल गर्दछौं ।

यो शोकको समयमा आ–आफ्नो तर्फबाट संस्थागत तथा व्यक्तिगत मानवीय सहयोगका लागि युवा संस्था, युवा अभियन्ता, नागरिक समाज लगायत सम्पूर्ण सरोकारवालाहरुलाई समयमै सहयोग सहित परिचालित हुन हार्दिक अनुरोध गर्दछौं ।