+(977 1) 4257680 Contact: ayon@ayon.org

AYON Province No.1 – Media Coverage

 

कृषि क्षेत्रलाई बहुउपयोगी बनाउन सके कृषिबाट पर्यटन र राष्ट्र विकास: कृषि विज्ञ मदन राई

 

 

सुनसरि, भाद्र ९ । बर्तमान समयमा युवा रोजगारको सिलसिलामा वैदेशिक रोजगार तर्फ आकर्षण भैरहेको समयमा नेपालमा नै गर्न सके युवाले प्रशस्तमात्रामा कृषिमा रोजगरी रहेको र कृषि क्षेत्रलाई बहुउपयोगी बनाउन सके कृषि क्षेत्रबाट पर्यटन विकासको साथै राष्ट्र विकास गर्न सकिन्छ कृषि विज्ञ मदन राईले बताएका छन ।

नेपाल युवा संस्था सञ्जाल प्रदेश नं १ र युवा विकास केन्द्र ईटहरिको संयुक्त रुपमा युवा कृषि उद्यमसिलता कार्यक्रम आयोजना गरिएको थियो । युवालाई कृषिक्षेत्रमा लाग्न अभिपे्ररित गर्दे कृषि क्षेत्रलाई निर्वाहमुखि मात्र नवनाएर वनस्पति जडिबुटी व्यवसायिक कृषिका साथै कृषि पर्यटकमा युवाको सहयोग आवश्यक परेको, कृषि क्षेत्रलाइ आम्दानिको राम्रो स्रोत र जडिबुटी तथा विषदिरहित खाद्यान्न उत्पादन गरेर मानव स्वास्थ्यका लागि समेत लाभ लिन सकिने कृषि विज्ञ मदन राईले बताएका छन । पर्यटन विनाको देशको विकास सम्भाव छैन त्यसकारण कृषिबाट पर्यटन क्षेत्र विस्तार गरेर कृषिमा आधारित पर्यटन विकास गरेर देश विकास गर्न सकिन्छ । हाम्रो शिक्षा प्रणलि गलत सँस्कतिमा चलिरहेको छ अव आत्मा विस्वाशका साथमा शिक्षा साथै प्रयोगात्मक शिक्षााको विकास गरेर मात्र देशमा रोजगार तथा कृषिमा विकास गर्न सकिन्छ वताएका छन् । ज्ञान वृद्धि विवेकको सहयोगमा मात्र मानिस समृद्ध र शान्ति हुन्छ, मानिस जागेर उद्यम गरेर विश्वासको साथमा कार्य गर्न सकिन्छ समृद्धि बन्न सकिने युवा विश्वास बढाएका छन् ।

मदन राईले खोटाङ्ग जिल्लाको डाँडावारिगाँउमा शिपमुलक तालिम प्रयोगात्मक शिक्षा सञ्चालन गरेको उक्त विद्यालय वन्द भएको सरकारी विद्यालयलाई सहि सदुपयोग गरेर कृषि प्रयोगात्मक शिक्षा दिदै गरेको र नेपालि, हिन्दि, अङग्रेजि, चिनिया भाषाँ सिकाइन्छ । विद्यार्थीहरुलाई व्यापारिक वोलि सिकाईन्छ, मनोज राईले खोटाङ्गमा शुभद्रा मदन फाउण्डेशनले विद्यालयले आगामि १० वर्षमा नेपाल भरि सिपमुलक शिक्षा विस्तार गर्ने र २० वर्षमा विश्वभरिमा लक्ष्य लिएको मदन राईले जानकारि दिएको छ । कृषि क्षेत्रलाई बहुउपयोगी बनाउन पर्ने, कृषि क्षेत्रको विकास गर्नपर्नेु सहभागिले बताएका छन् ।
मेरो काम मुस्ताङ जिल्लाको खेतीलाई आधुनिक बनाउन चाहिने प्रविधि र सामग्रीको विकास गर्नुपर्ने रहेछ । त्यसैको लागि एउटा अनुसन्धान र उत्पादन फार्म स्थापना गरिएको रहेछ । यसै फार्मको हाकिमको काम गर्ने रहेछ मँैले । हाकिम हुन पाएकोमा फेरि मख्ख पर्दै काम थालियो । नयाँ खेतीमा फलफूल र तरकारीलाई बिस्तार गर्ने नीति रहेछ । फलफूलमा स्याउ, खुर्पानी, दाँते ओखर, कागजी बदाम रहेछन । यी फलका बारेमा मलाई केही पनि थाहा थिएन । बिस्तारै पुराना कर्मचारी र पुस्तकहरूको सहायताले यी बालीका बारेमा जानकारी लिएर काम थालेँ। जहाँ इच्छा, त्यहाँ उपाय भनेझैँ काम चाँडै सिकियो । लगातार एक दिन पनि बिदा नलिई दिनको १६ घन्टा इमान्दारीसाथ ५ वर्ष काम गरेँ । यही ५ वर्षको कामकै कारण बेलायतमा एम.एस्सी डिग्री पढ्ने मौका पाएँ । बेलायत बस्दाको कथा पनि लामो छ । त्यत्रो धनी देशमा म भाते, भात खान नपाएर महिना दिनमा ३ किलो घटेको र आँफै भात पकाएर खान पाएको दिन एक किलो चामलको भात सिनित्तै पारेकोमा बेलायती साथीहरू मुर्छा परिन्जेल हाँसेको कुरा आज पनि सम्झनामा नै छ । बेलायतबाट फर्केर आई अर्को ७ वर्ष मार्फा बसी काम गरेँ ।

मुस्ताङ जिल्लाको जनसंख्या थोरै र मेरो घुमिरहने बानी भएकाले सबै किसानसँग व्यक्तिगत सम्बन्ध विकसित भयो । यसले कृषि विकासको कामलाई सहज बनायो । खेतीमा अनेक थरी समस्या आए पनि सरकार र किसानको असल सम्बन्ध भएकाले सबै कुरा सहजसाथ अघि बढे । मुस्ताङ जिल्ला पर्यटनको हिसाबले प्रख्यात भएकाले हामीले कृषि विकासलाई पर्यटनसँग जोडेर लग्न सफल भयौँ । किसानकै बगैंचामा खानेबस्ने सुविधाको होटल बनाउँदा किसान र पर्यटक दुवैलाई फाइदा पुग्न गएर किसानको आर्थिक स्तर निकै राम्रो भयो । पर्यटकको भ्रमण पनि सफल भयो । यहाँ अभ्यास गरेको यो नमुनालाई खोटाङ जिल्लामा पनि उतिकै सफतासाथ लागु गर्न सकिन्छ भन्ने मलाई लाग्छ । धर्मको त्रिवेणी हलेसीका कारणले खोटाङमा पर्यटकको आगमन ठूलो हुनेछ । हलेसीमा प्रार्थना सकेर किसानकै खेतबारीमा बनाइएको होटल रिसोर्टहरूमा बासका लागि लग्न सकियो भने सबैलाई हितैहित हुनेछ ।

मदन राईको समाज विकासको जिवन

मुस्ताङको १२ वर्षको बसाइमा अनेक घतलाग्दा कुरा देखियो, सिकियो र भोगियो । मलाई लागेको सबैभन्दा घत लाग्ने कुरा भनेको त्यहाँको सामाजिक नियम कानुन । सामाजिक कानुन यति व्यावहारिक र बन्धिलो छ कि यसको उलङ्घन आज पनि कसैले गर्दैनन । यसैकारण यहाँको समाजमा शान्ति र विकास राम्रो भइआएको हो । दोश्रो राम्रो कुरा यहाँको समाज अति नै मेहनती छन्, सोची छन्, र व्यावसायिक छन् । यसैले यो जिल्लामा गरिबको संख्या धेरै कम छ । तेश्रो, समाजको कुनै पनि सदस्यलाई आर्थिक कमजोरी भएमा सबै मिलेर ढिकुरीबाट सहयोग गर्ने । आज सहरमा केही विकृत ढिकुरी प्रथा मुस्ताङको थकाली समाजबाट आएको हो ।

मुस्ताङको बसाइको स्मरण गर्दा राजा वीरेन्द्रबाट ८ वर्षमा मलाई ४ वटा तक्मा र पुरस्कार प्राप्त भएको थियो । नेपालमा एक सरकारी कर्मचारीलाई यतिछोटो अवधिमा यतिधेरै तक्मा पुरस्कार सायदै अरु कसैले पाएको होला । राजासँग कुनै नाता नभए पनि स्याबासी त पाएकै हो । काम राम्रो गरेरै होला ।

शुभद्रा–मदन फाउन्डेसन
९ वर्षसम्म क नपढी रतन्छामा हुर्केको ठिटो १८ वर्षको उमेरमा रतन्छाबाट ढाकर बोकेर काठमाडौँ छिरेको मानिस म आज यो अवस्थामा आइ पुगेको छु । शिक्षा, सम्पत्ति, परिवार, स्वास्थ्य स्थिति सबै अनुकूल हुँदै गए । आफु र परिवारको अवस्था सम्पन्न र सुखी भयो । तर आफ्नो जन्म गाउँ रतन्छा, जन्म जिल्ला खोटाङ र मेरो जन्म देश नेपालका सबै नागरिक र परिवारजन सम्पन्न हुन सकेका देखिँदैन ।
कहीं किन हुन्छ कहीं किन हुँदैन ? कोही किन हुन्छन् कोही किन हुँदैनन् ? भन्ने प्रश्न धेरै अघिदेखि तेर्सिएको छ म सामु । उत्तर जटिल छ तापनि नेपालको समग्र पछौटेपनको मूल कारण राज्य व्यवस्था र त्यसले अवलम्बन गरेको किताब घोकाउने शिक्षा प्रणाली नै हो भन्ने लाग्छ मलाई । लेख्न र बोल्न सक्ने ठुलो मान्छे उत्पादनको लागि श्रम गर्ने जति सानो मान्छे भन्ने सामन्ती संस्कार भने झन मौलाएर गयो । राज्य प्रणाली सामन्ती शासनबाट गणतान्त्रिक लोकतन्त्र आइसकेको छ तापनि शैक्षिक संस्कारमा खास परिवर्तन हुन नसकेकोले किताब घोक्ने जनशक्ति धेरै, श्रम गर्ने जनशक्ति थोरै हुँदै गएको छ । उत्पादन गर्ने जनशक्तिको अभावमा नेपालको अर्थतन्त्र दिनानुदिन खाडलमा खस्दै गएको छ । यसैलाई मध्येनजर गरेर मैँले २०५६ सालमै राजनीतिलाई केही समय थाती राखेर भए पनि युवालाई सिप सिकाउन खोटाङ विकास मञ्च भन्ने संस्था साथीहरूकासाथ स्थापना ग¥याँै । यो संस्था मार्फत धेरैलाई सिप सिकाउदै जाँदा के अनुभव भयो भने सिप भन्ने कुरा त श्रमसँग जोडिने रहेछ ।
सानैदेखि श्रम गर्ने बानी सिकाइएन भने उमेर छिप्पिएपछि कुनैपनि सिप सिक्न र सिकाउन सजिलो नहुने रहेछ । स्कुलमा किताबमात्र घोकेर पढ्नेले श्रम पनि सिकेको नहुने र श्रमसँग घिन मान्ने र लजाउने रहेछ । नेपालको स्कुलहरूमा त केवल पाठ्यपुस्तक घोकाउने बाहेक कुनै श्रम गर्ने शिक्षा त दिने चलनै हुँदैन रहेछ । त्यसैले त्यस्ता शिक्षालयहरूबाट शिक्षा लिएका युवाहरूलाई ठिकसँग सिप सिकाउन त सम्भावनै देखिएन । हामी करिब फेल नै भयौं हजारौंलाई सीप सिकाएर पनि । खर्च एक रुपियाँ फाइदा पचास पैसा मात्र । यसैकारण सूर्यबहादुर राईको नेतृत्वको हाम्रो टिमले सानो उमेरको (७ देखि १० वर्ष) का बच्चाहरूलाई श्रम समेत सिकाउने गरी शिक्षा दिएर शैक्षिक संस्कारको परीक्षण गर्ने निधो गर्यौं । २०६४ सालमा पहिलो टोलीलाई लिएर दिक्तेलको बोर्डिङ र सरकारी स्कुलहरूमा भर्ना गर्यौं । दिनमा स्कुलजाने बिहान बेलुकी घरमा परिआएको घाँस, दाउरा, खेतीपाती, सरसफाइ आदि काम गर्दै सिक्ने र राती के के गर्यो डायरी लेख्ने कामको रुटिन बनाएर काम थाल्यौं । थुप्रै विरोधहरू आए स्कुल र अभिभावकहरूबाट । हामी विचलित नभई अघि बढि रह्यौं । दुई वर्षमै नतिजा एकदम सोचेजस्तै हुँदै गयो । अनुशासन, आत्माविश्वास देखि बोलाइ, लेखाइ, पढाइ र गराइमा हाम्रा विद्यार्थीहरूले अरुभन्दा धेरै राम्रो गर्दै गए । हामीले विद्यार्थी थप्दै गयौं । ५ ब्याचले एस.एल.सी. दिए सबै पास भए । कलेजमा नाम मात्र लेखाए, कलेज नगै जाँच मात्र दिनगए सबै पास भए । अहिले यी विद्यार्थीहरू ३ भाषा बोल्न, सबै खाले आधुनिक अर्गानिक खेती र पशुपंछी, माछा पालन गर्न, उद्योग चलाउन, व्यापार गर्न, खाना बनाउन, लुगा सिलाउन, कम्प्युटर चलाउन, साइकलदेखि गाडी बनाउन र चलाउन, घरदेखि विभिन्न निर्माणको कामगर्न, भाषणगर्न, नाच्न, गाउन र बजाउन जान्दछन । अरु सरह एस.एल.सी.देखि एम.ए.सम्मको प्रमाणपत्र पनि अरुले जुनउमेरमा प्राप्तगर्छन सोही उमेरमै पाउन सकेका छन् । तर हाम्राले सोही उमेरभित्र बहु सीप पनि लिइसकेका हुन्छन् । यी विद्यार्थीहरू अधिकांश खोटाङ जिल्लाकै हुन् ।

शरीरबाट निस्केको पसिना, पिसाब र दिशालाई बिरुवाको खानाको रूपमा प्रयोग गरेर पानी, हावा, माटो प्रदूषण हुन दिँदैनन् । शारीरीक रूपमा तन्दुरुस्त छन् तर अरुलाइ हेप्दैनन् श्रद्धा गर्छन् । यिनै असल पक्षलाई भोगेपछि म र मेरी श्रीमती शुभद्रा लामा राई, छोरा सुरज र मन्जील अनि बुहारी काजल र अलना तथा सूर्य राई र अरु टिमका सदस्यहरूबिच व्यापक सल्लाह भयो । सबैको सल्लाह अनुसार अबको नेपालको आर्थिक विकास सिपालु जनशक्ति नभै सम्भव हँुदैन, सिपालु जनशक्तिको निर्माण गर्न हामीले अभ्यास गरेको काममुखी तथा उत्पादनमुखी शिक्षाको विकास नगरी सम्भव हुँदैन भन्ने विश्वासले म र मेरी श्रीमती शुभद्राजीले आर्जन गरेको अधिकांश सम्पत्तिलाई उत्पादनमुखी शिक्षा र आर्थिक विकासको विभिन्न क्षेत्रमा एउटा फाउन्डेसन मार्फत खर्च गर्न “शुभद्रा—मदन फाउन्डेशन” नाफा नबाड्ने कम्पनी स्थापना गर्यौ । यो फाउन्डेसनले दुई वटा स्कुल, ४ वटा कलेज, ४ वटा उद्योग र एक विश्वविद्यालय स्थापना गर्न सहयोग गर्ने लक्ष्य लिएको छ । हाल यस फाउन्डेशनको आर्थिक सहयोगमा विभिन्न ३३ जिल्लाका ३३ नै जातका १५० जना विद्यार्थी नर्सरीदेखि एम.ए.सम्म अध्ययन गरिरहेका छन् । आगामी ३ वर्षमा ७५ जिल्लाका १२३ (नेपालका सबै जातजाति) जातका विद्यार्थी भर्ना गरेर मिनी नेपाल स्कुल बनाउने लक्ष्य लिइएको छ । यिनै विद्यार्थीहरूले नेपालभरी हामीले विकसित गरेको शिक्षालाई देशव्यापी बनाएर नेपालको अर्थतन्त्रलाई संसारको विकसित अर्थतन्त्र समान बनाउने छन् । भविष्यमा यिनै विद्यार्थीले यो शिक्षालाइ संसारव्यापी गर्नेछन् भन्ने लाग्छ हामीलाई । मेरो आगामी दिनको सपना यतिमात्र बाँकी हो । बुढेस काल लागेको छ । बाँकी कति गर्न सकिने हो आजै भन्न सकिन्न । आजसम्म काम राम्रो भएको छ । म र मेरी श्रीमतीले नभियाए पनि हाम्रो सन्तान र हाम्रो टिम (हाम्रै कर्मको सन्तान) ले हामीले देखेको र अभ्यास गरेको सपनालाई अघि बढाउने छन् भन्ने हामीलाई पुरा विश्वास छ । सबै खोटाङे र नेपाली जनताको साथ र सहयोग चाहिन्छ । हामी थप केही न केही त गरेरै देखाउने छौं ।

लेखनमा चासो
बाच्दैजाँदा थरीथरी कुरा गर्न मनलाग्ने । हलोकोदालो गर्नेले कविता र लेख लेख्ने त ? गर्ने संगत र फुर्सद दुवै नहुने । तर अरुले कविता लेखेको देखेर डाहा लाग्ने । अरुको लेखहरु पढ्दा आफुलाई हिनताबोध हुने । होइन कोरी त हेर्नु पर्छ भनेर स्कुलमा पढेको कविता र अरुले लेखेको कविताको लयमा शब्दहरु कोर्न थालें । कोर्दा कोर्दै धेरैवटा कोरी हालिएछ । भाई शान्तिराम राईले ४ वटाको त गीतै बनाई दिए । कोरेको शब्दहरुको छपाई बाँकी नै छ । लेख पनि जसोतसो लेख्न थालियो पत्रपत्रिकामा । प्रकाशित भएपछि आँट आउँदो रहेछ । अरु लेख्न थालियो । राम्रै पो हुँदै गयो । कृषि विषयमा किताब पनि लेखेकै हो । अब त सजिलै लाग्न थाल्यो । केही समयमै मैले ३ वटा पुस्तक लेख्ने सोचेको छु । शरीरले कति सक्ने हो त्यो त समयले नै बताउनेछ । आँखामा समस्या हुन सक्छ । अरु त ठिकै होला भन्ने लाग्छ ।

Link of the News: http://bikashkhabar.com/कृषि-क्षेत्रलाई-बहुउपयोग/