+(977 1) 4257680 Contact: ayon@ayon.org

Media Coverage – IYD Preparation

 

आयोन युवा दिवस मनाउनकालागि समन्वय गर्दै

 

काठ्माण्डौं, श्रावाण १३ । नेपाल युवा संस्था सञ्जाल (आयोन) ले सधैका वर्षझै यो वर्षपनि अगष्ट १२ मा मनाइने अन्तराष्ट्रिय युवा दिवसमा काठ्माण्डौंमा युवा महोत्सव आयोजना गर्न अन्य युवा संघसंस्थाहरुसंग समन्वय थालेको छ । यहि सोमवार आयोनको कार्यलयमा आयोनका सदस्य संस्थाहरु र अन्य १० भन्दा वढि युवा संस्थाहरुको तयारी वैठकले संयुक्तरुपमा युवा दिवस मनाउने प्रतिवद्धता गरेका छ ।

अगष्ट ११ मा युवा महोत्सव आयोजना गर्ने तय गर्दै यस वर्षो अन्तराष्ट्रिय नारा “युवाका लागि सुरक्षित स्थान” भन्ने विषयमा नीति निर्माण कर्ता र विभिन्न छेत्रका युवा प्रतिनिधिहरुको उपस्थितिमा मुख्य सम्मेलन गर्ने र साथसाथै विभिन्न संस्कृतिक कार्यक्रम, युवा मैत्रि खेल, फ्ल्स मुभ, स्लम पोयटि्र, फेस पेन्टिङ्ग, चेतनामुलक स्टलहरु राख्ने योजना वनाईएको जानकारी आयोनका केन्द्रिय सदस्य जगदिश कुमार ऐरले वताउनु भयो । साथै, र्राईट हेयर र्राईट नाउसँगको सहकार्यमा आधारभुत प्रजनन् स्वस्थ्य, वैवाहिक समानता, सुरक्षित गर्भपतन अधिकार जस्ता विषयमा छलफल आयोजना गरिने पनि जानकारी दिनुभयो ।

अन्य युवा संघ संस्थालाई पनि समेट्दै लगिने र यस कार्यक्रमको व्यवस्थापनका लागि चरणवद्ध र समुहगत छलफल हुने कुरा आयोनका कार्यक्रम निर्देशक सरोज केसिले वताउनु भयो । यस वैठकमा युथ एक्सन नेपाल, युवा, निल हिरा समाज, परिवार नियोजन संघ, युवालय, वाईपियर नेपाल, युवा विकास केन्द्र, भिजिवल इम्प्याक्ट लगायतका संस्थाहरुको उपस्थिति रहेको थियो ।