आयोनको प्रेस विज्ञप्ती

जाडो याममा तराईमा मानवीय क्षति हुनु, भूकम्प पीडितहरू सँधै अस्थायी टहरामा दैनिकी गुजार्न बाध्य हुनु र भौगोलिक विकटता भएका ठाउँमा औषधि अभाव हुनु नौलो समस्या होइन । हामीले वर्षेनी यस्ता समस्या सुन्दै र भोग्दै आएका छौँ । हरेक वर्ष हुने यस्ता प्रकोपबाट सर्वसाधारणमा पर्न जाने प्रभाव र क्षति न्यूनिकरण गर्न सरकार पक्षबाट प्रभावकारी नीति अवलम्बन भई कार्यान्वयन समेत गरिनु पर्ने देखिन्छ । आफ्नो जनताको सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व हो । राज्यले वितरण गर्ने राहत सामग्री पारदर्शीताका साथ सम्बन्धित पीडितसम्म प्रभावकारी ढङ्गले पुग्नु पर्दछ । जनताको जीवनयापन सहज बनाउन र पीडितलाई देशको नागरिक भएको अनुभूति गराउन राज्य जिम्मेवार हुन जरुरी छ । जनताले सँधैजसो भोग्नु पर्ने विपद्जन्य समस्याको स्थायी समाधान खोजी कार्यान्वयन गर्न हामी राज्यलाई हार्दिक आह्वान गर्दछौँ।

यस प्रेस विज्ञप्तीलाई आफ्नो संस्था तथा सञ्चार माध्यमको सामाजिक सञ्जाल र वेवसाइट मार्फत प्रकाशन गरेर यो सन्देश प्रसारमा सहयोग गरिदिनु हुन आयोन यहाँहरूलाई हार्दिक अनुरोध गर्दछ ।