आयोनको प्रेस रिलिज

आयोनको प्रेस रिलिज
 
संविधानले तोकेको मौलिक हक उपयोग गरेर राज्यको चिकित्सा क्षेत्रमा हुँदै आएको माफियातन्त्र र अराजकताको शान्तिपुर्ण अनसनबाट विरोध गर्दै आएका डा. गोविन्द केसीलाई पक्राउ गरिनु भनेको मौलिक हकले दिएको अधिकार उपयोग गर्नबाट नागरिकलाई बन्चित गरिनु हो । यसरी अराजकता विरुद्ध आवाज उठाउँदा  प्रकाउ आदेश दिने न्यायालयको अतिवादको हामी घोर भर्त्सना गर्दछौँ ।
यस प्रेस विज्ञप्तीलाई आफ्नो संस्था तथा सञ्चार माध्यमको सामाजिक सञ्जाल र वेवसाइट मार्फत प्रकाशन गरेर मौलिक हक उपयोग गर्न पाउनु नागरिकको अधिकार भन्ने सन्देश प्रसारमा सहयोग गरिदिनु हुन आयोन यहाँहरूलाई हार्दिक अनुरोध गर्दछ ।