बाढी पहिरोले बनायो स्वयमसेवक

 

 

 

 

अन्जान दाहाल (भान्जो)

त्रि–चन्द्र क्याम्पस

बि।एस। डब्लु समाज कार्य तेस्रो बर्ष

 

बाढी पहिरोले बनायो स्वयमसेवक

 

स्वयमसेवक एउटा सेवा हो जसलाई बिशुद्ध सहयोग भने गरिन्छ। त्यसतै थियो हाम्रो समुहको स्वयमसेवकको जिवन जहाँ हाम्रो २०७४ भाद्र २ गते ३ बजे हामिलाई बाढी पहिरो गएको ठाउको पूर्व जानकारी आयोन नेपालका कर्मचारीले गराए देखि हामी १० जनाको स्वयमसेवकको दिन शुरुभयो। हाम्रो यात्रा सुनसरी,इटहरी सम्मको भोलिपल्टको थियो। हामी भोलिपल्ट बिहान केही साथी आयोनको अफिसबाट त कोहि कोटेश्वरको आकाशे पुलभन्दा मुनि बाट बा ४ ख ५०५८ को सप्तकोशी यातायातमा हाम्रो यात्रा शुरु भयो। यात्रा कस्तो भनेर लेख्यौ कुनै शब्द छैन भनउ एउटा शब्दमा झकास जिबनमा यस्तो रमाइदो कहिल्यै भएको थिएन जुन यो स्वमसेवक यात्रामा पाएको थिए।  जहाँ नेपालथोक, सिन्धुलीको रोड अझ सिन्धुलिको रोडमा भएको नाँग बेली बाटो अनि त्यीकिसिमको चिसो बाताबरण अनि सिन्धुली गडिको डाँडामा रुमलिएको कुहिरो आहाँ साह्रौ रमाइलो भएको थियो  अझ त्यो मौसममा अन्ताक्क्षरी  खेल्नुको मजा कसरी बयान गर्न सक्छ र हाम्रो समुहले। यात्रा अगि बढ्रदै थियो भने गर्मी पनि बढ्रदै थियो हामि पहाडलाई छोड्रदै तराईको समथर जमिन अनि तराईको त्यो गर्मी मा मेरौ चै बर्दिबास कटेर उताको भाग पहिलो पटक थियो सुनेको थिय तराईको गर्मी र जाडो बेलाको सित लएर गर्मीको चै मजाले अनुभब गर्न पाए। बर्दिवास कटेको केही समयमा बाढीको कारणले सडकको पकि पुल भासिएको कारणले २ घण्टा सम्मको त्यो गर्मी कहिले विर्सन सक्छु र त्यी कारणले जाम परेको कारण गाडिमा कति बस्नु भनेर बाहिर मात्र निस्केको थिए। लाग्यो मलाई जमिन नै आगो लगाएर ततार राखेको जस्तो मेरो निधारमा तताएको जस्तो अनि थाहा भयो तराईको गर्मी सोचे त्यति नै खेर म जुन सोच लिएर बाढी पहिरो प्रभावित भएको मानिस अनि समुदायलाई केहि आफुले सकेको काम गरेर त्यो आले घाँउमा मलम लगाउन सक्छु कि भनेर काठमाण्डौ बाट गएको थिय त्यो पुरा हुने कुरा कम मात्राले देखेर मलाई काठमाण्डौ फर्कने सोच आयो बाहिर बाट गाडी भित्र बसे र गुरु वा डाइवर दाईलाई ए.सी. खोल्न अनुरोध गरे र केहि समय त्यी जाममा बस्यौ। केही समय पछि हाम्रो गाडि बिस्तारै अगि बड्यो। साह्रै रमाईलो भयो मेरो लागी बैइमानी गर्मी थियो। तराईको फाट अनि समथर जमिन बेइमानी त्यही गर्मी थियो मेरो लागि मात्र। केहि समय पछि हामि सप्तकोशीको पुल पुग्यौ अनि आजकाल सामाजिक सञ्जालको समय पछि पुलमा बसेर सामुहिक फोटो खिच्यौ र केहि साथिले सेल्फी पनी अहाँ मैले पनि १ .२ फोटो हालेर प सप्तकोशी पुल भनेर आफ्रने  फेसबुकको वाल मा पोष्ट गर्न पछि परिन म अनि मेरा साथिहरु।  मेरो पहिलो पटक यो अति धेरै पानिको बहाव देखेको आखाले देखुन जेल पानी सानो समुन्द्र जस्तै लाग्यो । बिस्तारै हामि साझमा युवा विकास केन्द्रको भवन पुग्यौ र आयोनको अध्यक्ष हिमाल महत त्यसैगरी क्इिकका दाई अरुन खड्का ले हामिलाई बाढी पहिरोले बनाएको अवस्था अनि हामिले गर्नु पर्ने कामको बारेमा जानकारी गराइदिनु भयो ।

बाढी प्रभाबित ठाउमा हामिले गर्नु परेको काम भनेको बाढीले बिगारीएको घरहरुको भग्नावासेस निकालिदिने जसमा बलको आबश्यक पर्दछ।  हामिले काम गर्दै जादा हामिले केही सहयोग गर्यौ भने हामिले धेरै कुरा सिक्न पाएका छौ जसमा समुदाय सगको सहकार्य, समुदायको रितिरिवाज, सस्कार, सस्कृति जस्ता कुरा सिक्न पायौ भने सकटको गडिमा कसरी सहयोग गर्दा हुन्छ। जहाँ बेसिक कुराको मात्रा आबश्यक थिएन उनीहरुले कति मेहनत उहाँहरुले दश औँला खिहाएर जोडेको सामानको कति माया बल थाहा भयो  जुन सामान निकाल्दै यो पनि भेटियो लिनु आमा बुबा भन्दै दिदा उहाहरुको शब्द जमानामा दुःख गरेर जोडेको कति माया लाग्छ भनु हुन्थ्यो । एउटा आमालाई साइकलको कति माया भाइहरु साईकल निकालिदिनु मलाई सब भन्दा माया लागेको भनू भयो साईकलको हेन्डिल मात्रा देखिएको थियो पुरै बालुवा हटाएर  साइकल निकालि दिए पछि आमाको मुखमा देखिएको खुसी साची त्यो खुसी हामी सबैको खुसि थियो।

 

 

 

 

हाम्रो १० दिनको  बाढी प्रभाबित कटहरी गाँउपालिका जमटोकी १ मा काम भनु पर्छ म बर्दिबासको गर्मीको महशुस बाट फर्केको भए साचि मेरो बुबा ममी वा परिवारलाइ एति खुसि पार्न सकेको थिएन तर बाढी पहिरोले रुवाएको मानिसको आँखाको आँसु कम गर्न सकेको अनि हामि स्वयमसेवकलाई ति समुदायको एकल महिलाले बोलेको शब्द कम मात्राले भन्छन जिबनमा त्यो शब्द ः आफुले जन्म दिएको छोराले आपत बिपतमा हेर्न आएन न मरे बाचे वास्था गरेन तर तपाइहरु सवै जना यो समुदायको लागी भग्वान हुनु भयो बिराटनगर आएको बेला फेरी  यो समुदायमा पसेर मात्र जानु होला भन्दै हुनु हुन्थयो अब ८ दिन काम गरेर भोली काठमाण्डौ जादै छउ भन्दै गर्दा ।  यो काम गर्ने मौका दिएको मा आयोन नेपालको परिवारलाई बिशेष धन्यवाद साथै यस समुदायमा काम गर्न जाने मेरा प्यारा साथि सजित सापकोटा, लोक राज पाण्डे, जग नाथ पोखरेल, अर्जुन पन्थि, सुवास दाहाल, सुमन गुरुग, प्रविन गुरुग, ममता बस्नेत तथा मिगमा डोमा शेर्पालाई पनि बिशेष धन्यवाद।