हप्तादिन मधेस यात्रा क्रममा जे देखियो

तराईमधेसमा बाढिको कारणले हुनगएको क्षतिलाई सहयोग पुर्याउन अायोन नेपालले “Youth work camp” संचालन गरेको थियो। जसअन्तरगत महोत्तरी जिल्लाको विभिन्न भुभागको लागि हामी अशोक पन्त, बिनय कार्कि, समित भट्टराई, सुरज श्रेष्ठ एक हप्ताको सहायताको लागि त्यहाँ पुगेका थियौं। त्यहाँको स्थानिय संस्था शान्ति बिकासका लागि युवा संझाल(YNPD), महोत्तरीले हामीलाई त्यहाँको वस्तुस्थितिलाई बुझाई हामी त्यसै अनुरुप परिचालित भएका थियौं। यस अभियानलाई स्थानिय दाजु अोमप्रकाश शर्मा, बिकाश शर्मा, सन्जित दास, सन्जय साह, अायोन नेपालका सचिब अादरणिय दाजु सत्यन्दर यादव, YNPDका executive director सुरेश ठाकुर, नयाँ पत्रीका तथा महोत्तरी समाचारदाता पत्रकार रन्जिन भण्डारी माली, YNFPAका केदार राना, सुनिल कुमार साह लगाएत अन्यले सफल पार्न सहयोग गर्नु भएको थियो।                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                     – Ashok Panta

केही हप्ता अघिको भारी वर्षाले नेपालको विभिन्न पहाडी भुभागमा पहिरो तराईमधेसमा ठूलो बाढिका कारणले जनधनको क्षति हुन गएको थियो। तराईमधेसमा हजारौ घर पुर्ण क्षति भएको सयभन्दा माथिले अकालमा ज्यान गुमाउन पुगेका थियो। जग्गा जमिनमा बाढि पसेर वालुवा भरेर बगर बनाई धानबालि पूरा नष्ट गरेको थियो। प्राय घरहरु खर,पराल,बाँस,काठ माटोले लिपेर बनाइएका भुईतला मात्र हुनेहुदाँ घर भत्किनुका साथसाथै जमिनको सतहमा भएका अन्न लगायतका धान, मकै, गहुँ पानिले नष्ट गरेको थियो। अाफ्नो जग्गा कम हुने वा नहुनेले अरुको जग्गा भाडामा लिई ठेक्का समेत गरेर जिविको पार्जन गर्ने गरेको कतिपयले खेतको धान सबै बाढिले नष्ट गरेको कारणले अागामि बर्ष कसरी परिवार चनाउने भनेर चिन्ता व्यक्त गरेका थिए। कतिपय सरकारको राहत अाउने अासमा थिए भने कतिपयले दुःखमा पर्दा समेत कसैले सहयोग गरेनन् भनेर गुनासो पोख्दै थिए। कतिपय गाडिको अावाज अाउँदा समेत चनाखो भएर हाम्रै लागि अाएका होलान् भनेर टाढैबाट स्वागत गरिरहेका हुन्थे। विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय संघसस्थाहरु साथसाथै स्थानियले संस्थाहरुले सहयोगि हातहरु मार्फत राहत, उद्दारका कामहरु पनि गरिरहेको देखिन्थ्यो। रोजगारीको शिलशिलामा गाउँका युवा बिदेश गएकाले न्यून संख्यामा मात्र युवा भेटिन्थे बढिजसो बुढाबुढि बालबच्चा गाउँमा देखिन्थे। बाढिले गाढि गुढ्ने सडकका पुलहरु ठाउँ ठाउँमा भत्किएर अावतजावतमा समेत समस्या देखिन्थो। मधेसका जनताको मुहार मलिन देखिन्थे भविष्य प्रतिको चिन्ता प्रकट गरिरहेका हुन्थे। कतिपयले बाढिको दिर्घकालिन समस्याको समाधान त्यसको लागि सम्बन्धित निकायले विज्ञटोलि खटाई हामीसँग अन्तरक्रिया गरेर दिर्घकालिन समाधानको उपाय खोज्नुपर्छ भनेको सुनिन्थ्यो। कतिपयचाहिँ सम्बन्धित निकायले बर्षायाममा चिन्ता प्रकट गर्ने अनि हिउद लागेपछि चटक्कै विर्सिने यस्तो परिपाटि हाम्रोमा रहेको गुनासो पोख्दै थिए। अन्त्यमा यस अभियानमा सहयोग गर्नुहुने सबैमा धन्यवाद।