Warning: Declaration of GDLR_Import::bump_request_timeout() should be compatible with WP_Importer::bump_request_timeout($val) in /home/ayon/public_html/wp-content/plugins/goodlayers-importer/goodlayers-importer.php on line 27

Warning: Cannot modify header information - headers already sent by (output started at /home/ayon/public_html/wp-content/plugins/goodlayers-importer/goodlayers-importer.php:27) in /home/ayon/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase2.php on line 62
Association of Youth Organizations Nepal (AYON) » Press Release – National Youth Assembly (NYA) – Nepali

Press Release – National Youth Assembly (NYA) – Nepali

MoYS National Youth Council - Nepal Logo - AYON Print

Release No. 02 / May – 2016 / AYON

प्रेस विज्ञप्ति

१४ जेष्ठ २०७३ (शुक्रबार)

राष्ट्रिय युवा सम्मेलन २०७३ – १८ बुँदे घोषणापत्र जारी

नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को साझेदारीमा नेपाल युवा संस्था संजाल (अायोन) and सर्च फर कमन ग्राउण्ड नेपालको आयोजनमा १४ जेष्ठ २०७३ शुक्रबार राष्ट्रिय युवा सम्मेलन १८–बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नेपालका विभिन्न जिल्लाहरूबाट ५०० भन्दा बढी युवाहरूले संविधान जारी भएपछिको राजनीतिक सङ्क्रमण, शान्ति, पुनर्निमाण तथा युवा र विकाससम्बन्धी अन्य मुद्दाहरूमा व्यापक छलफल गर्दै सो घोषणापत्र जारी गरेका हुन् ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री सत्य नारायण मण्डलले “नेपाल” लेखिएको ठूलो घडामा युवा सहभागिता नामक घैंटाबाट पानी भरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो । यससँगै, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, सर्च फर कमन ग्राउण्डका युवाकर राज राजकर्णिकार तथा युनडीपी नेपालका राष्ट्रिय निर्देशक रेनाउड मेयेरले पनि त्यसरी नै “दीगो विकास”, “पुनर्निर्माण”, “सद्भाव”, “शान्ति” आदि लेखिएका भाँडाहरूबाट “नेपाल” लेखिएको ठूलो घडामा पानी भरेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री मण्डलले “युवा संलग्नता” पुस्तक पनि विमोचन गर्नुभएको थियो । कार्यक्रममा बोल्नुहुँदै सासंद रबिन्द अधिकारीले अब नेता तथा युवाहरुले कुराले होइन, कामले आफुलाई प्रमाणित गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय योजना आयोगका सदस्य डा. कृपा सिन्धु प्रसादले युवाका मुद्धाहरूलाई स्थानीयकरण गर्नुपर्ने बताउनुभयो ।

संविधान जारी भएपछिको सन्दर्भमा पनि सङ्क्रमणको समापन नभएको बताउनुहुँदै शान्ति तथा सामाजिक सद्भाव अभिवृद्धि गर्नका लागि सम्बन्धित पक्षहरूले संवादबाट निकास निकाल्नुपर्ने तथा स्थानीय स्तरमा युवाको नेतृत्वदायी भूमिका सुनिश्चित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा भूकम्पपछिको पुनर्निर्माणका क्रममा पनि युवाहरूको सहभागिता तथा खबदरदारीपूर्ण कार्यहरू जरुरी रहेको बारेमा छलफल भयो । यससँगै सुशासन, युवामैत्री नीति तथा कार्यक्रम, युवा स्वास्थ्य,वातावरण तथा आर्थिक दीगोपनमा युवाको भूमिका, संयुक्त युवा नेतृत्व तथा महिला नेतृत्वलगायतका विषयहरूमा पनि छलफल गरिएको थियो ।

उद्घाटन सत्रमा तराईका विभिन्न ८ जिल्लाका युवाहरुले स्थानीय स्तरमा तयार पारेका कार्ययोजनाको पुस्तक “युथ इङ्गेज” लोकापर्ण गरिएको थियो ।

समापन समारोहमा सासंद रमेश लेखक, रबिन्द्र अधिकारी, राष्ट्रिय योजना आयोगका सदस्य डा. सुमित्रा अमात्य, युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, यु.एन.एफ.पि.ए.का प्रतिनिधी विजय थापा आदीले युवाले तयार पारेको घोषणापत्र कार्यान्वयमा एक्यबैद्धता जनाएका थिए ।

घोषणापत्रको प्रति तथा फोटोहरु यसै साथ संलग्न गरिएको छ ।

 

थप जानकारीका लागि,

 

ब्रबिम कुमार अध्यक्ष  ९८५१११३९६९

अाभास राजोपाध्याय सञ्चार अधिकृत  ९८५१०४९५३४