Warning: Declaration of GDLR_Import::bump_request_timeout() should be compatible with WP_Importer::bump_request_timeout($val) in /home/ayon/public_html/wp-content/plugins/goodlayers-importer/goodlayers-importer.php on line 27

Warning: Cannot modify header information - headers already sent by (output started at /home/ayon/public_html/wp-content/plugins/goodlayers-importer/goodlayers-importer.php:27) in /home/ayon/public_html/wp-content/plugins/wp-super-cache/wp-cache-phase2.php on line 62
Association of Youth Organizations Nepal (AYON) » जाडोका कारण भुकम्प पिडितको ज्यान गएको गाउँमा युवाको २०५ परिवारलाई “न्यानो राहत” ।

जाडोका कारण भुकम्प पिडितको ज्यान गएको गाउँमा युवाको २०५ परिवारलाई “न्यानो राहत” ।

प्रेस विज्ञप्तीः जाडोका कारण भुकम्प पिडितको ज्यान गएको गाउँमा युवाको २०५ परिवारलाई “न्यानो राहत” । 

गत केही दिनहरु देखी विभिन्न राष्ट्रिय संचार माध्ययमहरुमा भुकम्प पिडितहरुको अस्थाई टहरामा बास बसेको अवस्थामा चिसोका कारण ज्यान गएको भन्ने खबरले हामीलाई निकै नै गम्भिर बनायो ।

यसै विच गत पौष ९ गते एक राष्ट्रिय दैनिकमा सिन्धुपाल्चोक जिल्ला ठोकर्पा गाविस वडा नं ३ मा ( लापोन्मुख पहरी समुदायको बाहुल्य रहेको गाउँ) चिसोका कारण सात जनाको ज्यान गएको भन्ने खबर पछि नेपाल युवा संस्था संजाल ( आयोन)को संयोजनमा केही युवाहरुले स्वतस्र्फुतमा रुपमा आज पौष १२ गते सोही गाविसको वडा नं ३ र वडा नं १ का २०५ भुकम्प पिडित घर परिवारलाई न्यानो राहत स्वरुप ब्ल्यान्केट वितरण गरेका छन् । करिब १० लाख हाराहारीको खर्च बराबरको सहयोग गरिएको हो । सहयोगको रकम नेपाल बाहिर रहेका नेपाली र केही नेपाल भित्र रहेका नेपालीहरुको सहयोगमा संकलन गरिएको थियो भने राहत वितरणको सम्पुर्ण नेतृत्व तथा जिम्मेवारी पारदर्शी तरिकाले स्थानिय बासिन्दाले गरेका थिए ।

राहत वितरणको क्रममा स्थानिय बासिन्दाहरुले ८ महिना पछि चिसोको समयमा युवाहरुले दिएको “न्यानो राहत”को लागी धन्यबाद ज्ञापन गरेका थिए ।

भुकम्प पिडितको समाचार छापिएपछि त्यस गाउँमा पुगेको यो नै पहिलो राहत समुह रहेको स्थानिय बासिन्दाले बताए ।

 

यस अघि नेपाल युवा संस्था संजालले राहत वितरणको क्रममा ४०० गाउँका १६००० भन्दा बढि परिवारलाई सहयोग गरेको थियो भने युवाले नेतृत्व गरेको पुनर्निमाण अभियानको क्रममा ५० भन्दा बढि विद्यालयको अस्थाई निर्माणमा सहयोग पुर्याएको थियो । जसका लागी आयोनलाई युवा तथा खेलकुद मन्त्रालयको तर्फबाट युवा प्रतिभा पुरस्कार, जगदम्बा स्टिल्सको तर्फबाट युवा रत्न पुरस्कार एवं अन्र्तराष्ट्रिय साहित्य महासंघको तर्फबाट उत्कृष्ट राहात प्रदान कर्ताको सम्मान गरिएको छ ।

AYON_3 AYON_6संस्थाको बारेमा थप जानकारीः आयोन नेपाल भरि छरिएर रहेका ९२ वटा संस्थाको छाता संस्था हो । यसले विगत १० वर्ष देखी युवाका क्षेत्रमा काम गर्दे आईरहेको छ ।

 

थप जानकारीको लागी

अध्यक्ष

ब्रबिमकुमार  केसी

 

थप सम्र्पक: ब्रबिम कुमार ९८५१११३९६९, जगदिश कुमार ऐरः ९८४९६१७१०५

भरत जोशीः ९८४८७२२३२४